राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रिय सभाध्यक्ष तिमिल्सना शुक्रबार बिहान शीतल निवास (राष्ट्रपति भवन) पुगेका थिए।
सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदै छ।
30
Shares
प्रतिक्रिया