प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्मा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनको समय दिएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकको दोस्रो बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले गत फागुन ६ गतेदेखि आफूहरूले उठाएका विषयको जवाफ अगामी बैठकमा दिनुपर्ने बताए।
‘हामी सबै प्रतिपक्षीको तर्फबाट ६ गतेबाट उठाएका गम्भीर विषयमा अब बस्ने बैठकमा १३, १४ गतेको उपयुक्त समयमा उपस्थित भएर सम्बोधन गर्न माग गर्न चाहन्छौँ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले आफूलाई अनुकूल लागेको समयमा आएर दुई दिनमध्ये एक दिन जवाफ दिन आग्रह गरे।
‘हाम्रो प्रश्न सरकारलाई हो। सरकारका मन्त्रीसँग जोडिएका विषयप्रति हो। हामीले सरकारसँग जवाफ माग्दा सरकार स्वयंले गरोस् भन्ने हामी ठान्दछौँ,’ उनले भने।
एमालेले सरकारका बहालवाला तीनजना मन्त्रीबारे प्रश्न उठाउँदै राजीनामा माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग भएको हो।
Shares
प्रतिक्रिया