शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उउनले अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने बताए। उनले सरकारमा बसेका मन्त्रीहरुको सोचले मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताए।
उनले निर्यात गर्न नसके पनि नेपालले आयात मात्रै प्रतिष्थापन गरे पनि सपन्नताको सुनिश्चितता हुने दाबी गदै उनले मुलुक २५ जना मन्त्री र ५÷७ वटा राजनीतिक दलहरूले मात्रै बनाएर नबन्ने बताए।
साथै, उनले तीन करोड नेपालीका ६ करोड हातहरु संयमित रुपमा क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको बताए।
‘हामीले निर्यात गर्न नसकौँला तर आयात मात्रै प्रतिष्थापन ग¥यौं भनेपनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ। त्यसतर्फ हामी सबैले सोच्नुपर्छ। यो खालि सरकारमा बसेका दुई चार जना मन्त्रीले मात्रै सोचेर हुनेकुरा होइन। राष्ट्रको सोचलाई नै उत्पादनमुखी दिशामा लैजानुपर्छ,’ उनले भने, ‘ उद्योगमुखी दिशामा लैजानुपर्छ। श्रममुखी दिशामा लैजानुपर्छ। अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन। मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन। यो ५÷७ वटा पार्टीले मात्रै बनाएर बन्ने होइन, तीन करोड नेपालीका ६ करोड हातहरु संयमित रुपमा क्रियाशिल हुनुपर्छ।’
Shares
प्रतिक्रिया