ad ad

राजनीति


इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन

इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार १३:१६, काठमाडौँ

निर्वाचन आयोगले इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुवै क्षेत्रमा उपनिर्वाचनका लागि उक्त मिति तय गरिएको नेपालखबरलाई बताए।

आइतबार बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय लिएको हो।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ। त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो। 

सरकारसँगको परामर्शको आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ। 

उता स्थानीय तहको उपनिर्वाचन मिति भने आयोगको परामर्शमा सरकारले तोक्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .