ad ad

राजनीति


पुराना दलबारे सोविताको आक्रोश : हाम्रो भविष्य देख्ने तपाईंहरू त्रिकालदर्शी बाबा हो?

पुराना दलबारे सोविताको आक्रोश : हाम्रो भविष्य देख्ने तपाईंहरू त्रिकालदर्शी बाबा हो?

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार १३:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले पुराना दलहरूप्रति आक्रोश पोखेकी छन्।

बेला बेलामा आफूहरू भूत र भविष्यबारे पुराना दलका नेताहरूले भविष्यवाणी नै गर्न थालेको भन्दै त्यसप्रति उनले आपत्ति जनाएकी हुन्। 

‘उहाँहरू हाम्रो भविष्य छैन भन्नुहुन्छ, उहाँहरू त्रिकालदर्शी बाबा हो? तुरुन्तै हाम्रो भविष्य देखिहाल्ने। हामी इमानको जगमा उभिएर राजनीति गरिरहेका छौँ,’ उनले भनिन्।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गौरवपूर्ण इतिहास बनाउन सडक र कलेजमा गएर आगो लगाउनुपर्ने हो? भन्दै प्रश्न गरिन्। 

‘न गौरवपूर्ण इतिहास छ न भविष्य छ भन्नुहुन्छ। हामीले पनि गौरवपूर्ण इतिहासका लागि के गर्नुपर्ने हो? गौरवपूर्ण इतिहास भनेको के हो? हाम्रो पार्टीका नेताले पनि सडक र कलेजमा जाम गर्ने, आगो लगाउने हो?,’ उनको प्रश्न छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .