नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै नबसी स्थगित भएको छ।
यसअघि शुक्रबार बस्ने भनिएको बैठक आइतबारका लागि तय भएको थियो। तर आइतबार पनि बिहान ११ बजे बस्ने भनिएको बैठक अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि दिउँसो ३ बजेका लागि सारिएको थियो।
माओवादी स्थायी समिति बस्नुअघि प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए। पदाधिकारीसँग संवादपछि स्थायी समिति बैठक बस्ने भनिएको थियो। तर तेस्रो पटक पनि समय निर्धारण भइसकेको अवस्थामा बैठक स्थगित भएको हो।
यो बैठकमा अध्यक्ष दाहालले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको छ।
त्यसैगरी बैठकले माओवादीले हाल कार्यान्वयनमा ल्याएका भौगोलिकसहित १० वटै प्रदेशमा इन्चार्ज तोक्ने तयारी गरेको थियो।
तर गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको हो। अब यो बैठक आगामी मंगलबार मात्रै बस्ने भएको छ।
यो बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतमा पनि छलफल हुँदै थियो
माओवादीले आगामी चैत १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
Shares
प्रतिक्रिया