ad ad

राजनीति


मिटरब्याज पीडितको आन्दोलनप्रति गृहमन्त्री श्रेष्ठ : पीडितका नाममा खेल नखेलौँ

मिटरब्याज पीडितको आन्दोलनप्रति गृहमन्त्री श्रेष्ठ : पीडितका नाममा खेल नखेलौँ

फाइल फोटो


नेपालखबर
फागुन १४, २०८० सोमबार १६:५५, काठमाडौँ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितका नाममा खेल नखेल्न आग्रह गरेका छन्।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले पीडितको नाममा खेल नखेल्न आग्रह गरेका हुन्।
उनले साढे पाँच हजार मिटरब्याजी पीडतहरूलाई न्याय दिने काम भइरहेको दाबी पनि गरे।

उनले भने, ‘पीडितलाई न्याय त हामी हर, हालतमा दिन्छौँ। म सबैलाई अपील गर्न चाहन्छु पीडितलाई न्याय दिलाउने दिशातिर लागौँ। हर हालतमा पीडितलाई मुक्त गर्ने दिशातिर रहौँ। पीडितको नाममा खेल खेल्ने काम नगरौँ।’

उनले तत्कालिन आयोगमा आएका उजुरीहरुलाई मन्त्रिपरिषद्ले निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएको भन्दै पहिले प्रहरीले मेलमिलापको अपील गर्ने बताए।

प्रहरीले पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्ने उनको भनाई छ। त्यसो हुन नसकेमा थप अनुसन्धान गरेर अभियोजनको प्रक्रियामा जाने उनले बताए।

उनले भने, ‘बाँकी रहेका सबै उजुरीहरुलाई हामीले सरकारको मन्त्रिपरिषद्बाट निर्णय गरेर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौँ। जिल्ला प्रहरी कार्यालयले अब स्वेच्छिक मेलमिलापको निम्ति अपील गर्छ। पीडितलाई न्याय दिनेगरी मेलमिलापको प्रयास गर्छ। त्यो भएन भने थप अनुसन्धान गर्नुपर्ने भए अनुसन्धान गरेर फेरि अभियोजनको प्रक्रियामा लैजान्छ। यो प्रक्रियामा हामी छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .