ad ad

राजनीति


दलहरू विचारशून्य बने, संसदको गरिमा घट्यो : पूर्वसभामुख सापकोटा

दलहरू विचारशून्य बने, संसदको गरिमा घट्यो : पूर्वसभामुख सापकोटा

नेपालखबर
फागुन १५, २०८० मंगलबार १८:३५, काठमाडौँ

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको ओज र गरिमा घटेको बताएका छन्।

मंगलवार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संघीय संसदको ओझ र गरिमा घटेको बताएका हुन्।

उनले संसदमा चयन हुने शब्द र वाक्यहरु संसदको ओज र गरिमा अनुसार हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए। उनले संसदमा बोलेको कुराहरुको अदालतमा मुद्दा समेत नलाग्ने विशेषाधिकार भएपनि संसदको त्यो प्रकारको गाम्भियर्ता कायम हुन नसकेको बताए।

उनले सुशासनको शक्तिशाली सन्देश संसदबाटै प्रवाह हुनुपर्ने बताए। उनले संसदको गरिमा कायम नहुनुमा आफूले संसदको नेतृत्व र सांसदहरुलाई भने दोष नदिने स्पष्ट पारे।

उनले विचारको रिक्तता र शून्यताका कारण संसदको लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न नसकिएको बताए। विचारको शून्यताको कारण संसदको मात्र नभइ पार्टीहरु र सिंगो राष्ट्रकै लोकतन्त्रिक अभ्यास कमजोर भएको उनको भनाई छ।

उनले भने, ‘अहिले विचारको शून्यता छ। विचारको रिक्तता छ। त्यसै भएर जताजतै अराजकता छ। संसदको दिन प्रतिदिन, क्षण प्रतिक्षण स्तर घटिरहेको छ। हरेका कोर्षमा स्तर घटिरहेको छ त्यो संसदको।’

पूर्वसभामुख सापकोटाले संविधानका तीन आधारस्तम्भहरु संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई भत्काउने साजिस भइरहेको बताए। उनले त्यसप्रकारको साजिसका बिरुद्धमा अभियान छेड्नुपर्ने बताए। उनले देशमा जनताले दर्शन, विचार र सिद्धान्त चाहेका छैनन् भन्ने गलत भाष्य सिर्जना गरेर लोकप्रियतावाद र अराजकतावादतिर लान खोजिएको बताए। गणतन्त्रको नेतृत्वको विरुद्धमा अफवाह फैलाइएको पनि बताए।

उनले वर्तमान परिवर्तनहरु र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .