नेकपा एमालेका नेता विष्णु रिजालले राजसंस्था पुनःस्थापना चाहनेहरूलाई पूर्वयुवराज पारस शाहले बेलाबेला ‘जवाफ’ दिइरहेको टिप्पणी गरेका छन्।
पारिवारिक भ्रमणका क्रममा पूर्वयुवराज पारसले यही फागुन ९ गते भरतपुरमा बोर्डिङ स्कुलको बसलाई पेस्तोल देखाएर हातपात गरेको आरोप लागेको छ।
एमाले केन्द्रीय सदस्य रिजालले यसैलाई इंगित गर्दै राजतन्त्रवादीहरूलाई कटाक्ष गरेका हुन्।
‘पारस शाहलाई जोगाइराख्नुपर्छ’, नेता रिजालले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजा आऊ, देश बचाऊ’ भन्नेहरूलाई बेलाबेलामा उनले नै जवाफ दिइरहन्छन्।’
पारसका यस्ता हर्कत यसअघि पनि थुप्रैपटक सार्वजनिक भइसकेका छन्।
621
Shares
प्रतिक्रिया