ad ad

राजनीति


संसद्‍मा सूर्य थापाको कटाक्ष : प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरीय समिति चाहियो

संसद्‍मा सूर्य थापाको कटाक्ष : प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरीय समिति चाहियो

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १२:५२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खोजी गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै ब्यंग्य गरेका छन् 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठमा बोल्दै उनले सरकार संसद्प्र‍ति जवाफदेही हुन नसकेको उल्लेख गरे। उनले प्रधानमन्त्रीलाई खोज्न उच्चस्तरीय समिति बनाउनु पर्ने या संसद् स्थगित गर्नुपर्ने हो? भनेर प्रश्न गरे।

‘लघुवित्त, सहकारी, मिटरब्याज पीडितहरु अहिले उपत्यकामा आउनु भएको छ, यस्तो अवस्थामा पनि सरकार जवाफदेही भएन, सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो’, उनले भने, ‘प्रधानमन्त्रीको खोजी गर्नुपर्यो। त्यसका लागि यो संसद्ले‍ उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो? कति दिन समय चाहिने हो।’

सभामुख देवराज घिमिरेले रुलिङ गर्दा पनि प्रधानमन्त्री संसद्मा‍ नआएको भन्दै उनले जवाफ दिन कसले रोकेको भनेर प्रश्न पनि गरे।

‘प्रधानमन्त्रीले जवाफ दिने गरी सभामुखले रुलिङ गरे पनि आज आउने खबर पाएका छैनौँ। यसरी हेर्दा सरकार संसदप्रति जवाफदेही नभएको देखिन्छ', उनले भने, 'बालकुमारी घटनामा सरकारी छानबिन समितिले दोषी ठहर गरेका मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ? यो संसदमा आएर जवाफ दिन कसले रोकेको छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .