ad ad

राजनीति


अमरेश सिंहले भने : काठमाडौंका मेयरको दम्भ बढेछ, गरिबको टाउको फुटाउँदैछन्

अमरेश सिंहले भने : काठमाडौंका मेयरको दम्भ बढेछ, गरिबको टाउको फुटाउँदैछन्

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १३:३४, काठमाडौँ

स्वतन्त्र सांसद डा. अमरेश सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमा दम्भ बढ्दै गएको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले महानगरका मेयर साहमा दम्भ बढ्दै गएको बताएका हुन्। 

‘श्रमजीवीहरूले यो देशमा बस्न नपाउने, काठमाडौंमा बस्न नपाउने?’, उनले भने, ‘कहिले फुटपाथका व्यवसायीको टाउको फुटाउने, 
कहिले कवाडी हटाउने, काठमाडौंका मेयरमा घमण्ड बढ्न थाले छ, दम्भ देखिन थाल्यो।’

सिंहले तराई-मधेसका मान्छेका कारण राजधानीबासीले तरकारी र फलफूल खान पाइरहेको बताए। 

‘मधेसका मान्छेका कारण राजधानीबासीले तरकारी र फलफूल खान पाएका छन्’, उनले भने, ‘कवाडी संकलकको टाउको फुटाइएको छ। साना व्यवसायीलाई आतंकित बनाइएको छ। उनीहरूले कर तिरिरहेका छन्। तर सरकार एकातिर कर लिने अर्कातिर अपमानित गर्ने काम गर्दैछ।’

उनले काठमाडौंमा गरिब, चेपाङ र मुसहर पनि बस्न पाउने बताउँदै मेयर सचेत नभए संघर्ष थाल्ने उल्लेख गरे।

‘काठमाडौंको मेयर सचेत नभए हामी संघर्ष गर्छौँ’, उनले भने, ‘काठमाडौं धनीहरूको मात्रै सहर होइन। यहाँ गरिबले पनि बस्न र बाँच्न पाउँछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .