आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी होमिएको छ।
निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेसँगै रास्वपाका ६ सांसदलाई पार्टीले एकसाथ त्यसतर्फ खटाएको छ।
रास्वपाले शुक्रबार साँझ ६ जना सांसदहरू इलामका विभिन्न इलाकामा पुगिसक्ने जनाएको छ।
शनिबारदेखि ती सांसदहरूले इलामका मतदातासँग अन्तरक्रिया गर्ने भएका छन्। उनीहरू आइतबार काठमाडौं फर्किने कार्यक्रम छ।
रास्वपाले सांसद सोबिता गौतमलाई इलाम नगरपालिका, गणेश पराजुलीलाई देउमाई नगरपालिका, मनिष झालाई माई नगरपालिका, अशोक चौधरीलाई चुलाचुली गाउँपालिका, हरि ढकाललाई माङसेबुङ गाउँपालिका र अशिम शाहलाई फाकफोकथुम गाउँपालिकामा खटाएको छ।
उता रास्वपा सह-महामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र नम्बर २ मा खटाउने निर्णय रास्वपाले गरिसकेको छ।
Shares
प्रतिक्रिया