प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (आइतबार) बिहान बालुवाटारमा झन्डै एक घण्टा वार्ता भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच कुराकानी भएको हो।
‘करिब एक घण्टा भएको भेटवार्तामा दुई शीर्ष नेताबीच टीआरसी (संक्रमणकालीन न्याय) सम्बन्धी विधेयक टुंगोमा पुर्याउनेबारे छलफल भएको हो।’
कांग्रेस र माओवादीबीच सबै मन्त्री फेर्ने समझदारी, अर्थ र गृह साटफेर हुनसक्ने
कांग्रेसमा देउवाको ब्रिफिङ : मेरो चाहनाले होइन, प्रचण्डले भनेपछि सबै मन्त्री फेर्नैपर्यो
त्यसो त दुई शीर्ष नेताबीच मन्त्रीहरू फेरबदल गर्ने सहमति भएको चर्चा पनि छ।
यसअघि आजै प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि झन्डै एक घण्टा नै भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
टीआरसी विधेयक संसद्बाट पारित गराउन आज सो विधेयक प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा छलफल हुँदै छ।
Shares
प्रतिक्रिया