राष्ट्रिय राजनीतिमा विकसित भएका पछिल्ला घटनाक्रमको विषयमा छलफल गर्न संसदको चौथो ठूलो दल रास्वपाले पनि सचिवालय बैठक बोलाएको छ।
अहिले सचिवालय बैठक जारी रहेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गएराति सत्ता सहयात्राबीच समझदारी बनेपछि राष्ट्रिय राजनीति नयाँ तरंग सिर्जना भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै रहने गरी नयाँ गठबन्धन बनाउने समझदारी बनेको बैठकमा सहभागी नेताहरुले बताएका छन्।
पछिल्लो समय विकसित घटनाक्रमका विषयमा छलफल गर्न अहिले सबैजसो दलको आन्तरिक बैठक बसिरहेको छ।
576
Shares
प्रतिक्रिया