नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै आफ्नो पार्टीसहितको नयाँ गठबन्धनले मन्त्रिपरिषद् गठन गर्ने दाबी गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै। सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ।’
नेपाली कांग्रेससँग रुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन बनाउने समझदारी गरेको खबर सार्वजनिक भएका बेला एमाले उपाध्यक्ष पाण्डेको उक्त अभिव्यक्ति आएको हो।
आजै बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको वर्तमान सत्ता गठबन्धनको बैठक पनि स्थगन गरिएको छ।
सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र नेकपा एमालेले सचिवालय बैठक गरिरहेका छन्। रास्वपाले पनि आजै बैठक राखेको छ।
321
Shares
प्रतिक्रिया