प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन्।
सहिद सप्ताहको अन्तिम दिन साेमबार बिहान प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ।’
भेटमा सुखानी सहिद परिवारका सदस्य विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए।
कम्युनिष्ट आन्दोलन र जनयुद्धलाई एकापसमा जोड्नका लागि माओवादी केन्द्रले फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ। रासस
198
Shares
प्रतिक्रिया