ad ad

राजनीति


औपचारिक रुपमा टुट्यो कांग्रेससँगको गठबन्धन

औपचारिक रुपमा टुट्यो कांग्रेससँगको गठबन्धन

नेपालखबर
फागुन २१, २०८० सोमबार ११:२२, काठमाडौँ

नेपाली कांग्रेससँगको सत्ता गठबन्धन औपचारिक रुपमा टुटेको छ। सत्तारुढ माओवादी केन्द्रसँग राष्ट्रिय सभा निर्वाचन र मन्त्रिमण्डल पुनर्गठनमा सहमति जुट्न नसक्दा अहिलेको गठबन्धन टुटेको हो। 

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दबाब बढाएपछि कांग्रेससँगको गठबन्धन कमजोर बनेको थियो। सोही बीचमा एमालेले माओवादीसहितको नयाँ गठबन्धनको प्रस्ताव अघि सारेको थियो। 

कांग्रेस सहमत हुन नसकेपछि प्रचण्डले पुनः एमालेसँगकै सत्ता सहकार्य अघि बढाउने निर्णय गरेका हुन्। 

स्रोतका अनुसार आजै नयाँ मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको छ। गठबन्धनमा आबद्ध दलहरूबाट एक/एक जना मन्त्री बनाएर सानो आकारको मन्त्रिमण्डल गठनको तयारी भइरहेको माओवादीका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। 

‘नयाँ गठबन्धन बन्ने पक्का भयो,’ उनले भने, ‘एमाले तयार छ। कांग्रेस हिजोसम्म धेरै कडक थियो, आज लचकदार देखिएको छ।’

ती पदाधिकारीका अनुसार वामपन्थी एकतालाई उद्देश्य राखेर जानुपर्छ भन्ने मत अहिले बन्न लागेको नयाँ गठबन्धनबाट प्राप्त भएको छ। ‘वामपन्थीकै भूमिका बनोस् भनेर कुरा भयो,’ उनले भने।

नयाँ गठबन्धन बनाएपछि आइपर्ने समस्या बुझेर मात्रै बाँकी मन्त्री पुनर्गठनको तयारी अघि बढाइएको ती नेताले बताए।

नयाँ गठबन्धन बन्ने भएपछि नेपाली कांग्रेसले पनि छलफल अघि बढाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले पूर्वपदाधिकारी र पदाधिकारी बोलाएर छलफल गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .