सत्तारुढ नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि अहिलेको परिवर्तित अवस्थामा कन्भिन्स गरेर सँगै लैजाने निर्णय गरेको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार सबै वामपन्थी दलहरू एक हुनेगरी अहिलेको कदम चालिएकोले माधव नेपाल पनि यसमा सहभागी हुने निष्कर्ष बैठकले निकालेको छ।
‘समाजवादी मोर्चा पनि निरन्तर रहन्छ। वामपन्थी पृष्ठभूमि भन्नेबित्तिकै माधवजी र उहाँले नेतृत्व गरेको पार्टीलाई पनि लिएर जाने हो,’ उनले भने, ‘विप्लव र उपेन्द्रजी यसै पनि समाजवादी मोर्चामा हुनुहन्छ। माधवजीलाई पनि कन्भिन्स गरेर सँगै लैजाने निर्णय हाम्रो भएको छ।’
एमाले त्यसमा सकारात्मक होला त? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘उहाँहरूको धारणा बुझेर कुरा गरेका हौँ। इगो लिएर हिजो पनि बिग्रियो, वामपन्थी जनमत पनि बिग्रन नदिन उहाँहरूलाई सँगै लिएर जाने हुन्छ।’
Shares
प्रतिक्रिया