ad ad

राजनीति


सत्तामा फेरबदलपछि एकीकृत समाजवादीले बोलायो बैठक

सत्तामा फेरबदलपछि एकीकृत समाजवादीले बोलायो बैठक

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १२:४२, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ।

सोमबार दिउँसो ३ बजे बस्ने गरी समाजवादीले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोालएको हो। 

राजनीतिक समीकरण अचानक फेरबदल भएर सत्ता साझेदारीमै परिवर्तन आएको अवस्थामा समाजवादीले छलफलका लागि बैठक बोलाएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरेर कांग्रेसलाई बिदा गर्दै एमालेलाई भित्र्याएका छन्।

यस्तोमा अहिलेको समीकरणबाट समाजवादी बाहिरिएको छ। यसबीच सोमबार नै बसेको माओवादी बैठकले समाजवादीलाई पनि फकाएर नयाँ समीकरणमा सँगै लैजाने निर्णय गरेको छ। 

यिनै विषयमा छलफलका लागि समाजवादीको बैठक आलोकनगरमा बस्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .