ad ad

राजनीति


कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपालखबर
फागुन २१, २०८० सोमबार १४:४९, काठमाडौँ

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बैठक फागुन २२ गते दिनको ३ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ।

बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई सूचित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ।

अघिल्लो वर्ष फागुनमा नेकपा माओवादी केन्द्रसँग मिलेर बनेको सरकारको समीकरण फेर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयसँगै कांग्रेस विपक्षी दल बनेको छ।

सरकारमा फेरबदलसँगै सोमबार बिहान बसेको कांग्रेस पदाधिकारीरूको बैठकले प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने निर्णय गरेको छ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष पुस १० गते बनेको एमालेसँगको गठबन्धनमा फर्किने निर्णय गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .