ad ad

राजनीति


आज क्रमभंगताको दिन बन्यो, एक हुनुको विकल्प छैन : प्रचण्ड

आज क्रमभंगताको दिन बन्यो, एक हुनुको विकल्प छैन : प्रचण्ड

नेपालखबर
फागुन २१, २०८० सोमबार १५:२३, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिन हरेक दृष्टिकोणले क्रमभंगको दिन बन्न गएको टिप्पणी गरेका छन्।

सहिद सप्ताहको अन्तिम दिनमा ‘शान्ति, प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

‘आजको दिन हरेक दृष्टिकोणले क्रमभंगको दिन बन्न गएको छ। हामी एकतावद्ध बनौँ, त्यसको विकल्प छैन,’ उनले भने।

नेपालजस्तो भू–राजनीतिक अवस्थितिमा रहेको देशले स्वतन्त्र र असंलग्न परराष्ट्र नीति बनाउन नसक्दा कुनैपनि बेला अप्ठेरो स्थितिमा जानसक्ने उनले बताए।

‘हामी सबै गम्भीर हुनु आवश्यक छ, कम्युनिस्टले धेरै पटक गल्ती गर्ने कुरा चाहिँ ठोस परिस्थितिको ठोस परिवर्तन गर्न नसक्ने, त्यो मार्क्सवाद होइन,’ उनले भने।

उनले आफू नेतृत्वको आन्दोलनलाई धेरैले अस्थिर भन्ने गरेको भन्दै उनले त्यस्तो नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .