प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन्।
दुई नेताबीच केहीबेर अघिदेखि छलफल जारी रहेको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताए।
बालुवाटारमा नयाँगठबन्धनको बैठक चलिरहँदा प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपाललाई भेट्न गएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलगायतका दलसँगको गठबन्धन तोडेर एमालेसमेतका दलसँग नयाँ गठबन्धन बनाएपछि एकीकृत समाजवादीलाई पनि त्यसमा सामेल गर्ने प्रयास गरेका छन्।
1.4k
Shares
प्रतिक्रिया