ad ad

राजनीति


एमाले र मा‌‌ओवादी मिलेपछि वामदेवको प्रतिक्रिया : नेकपा फुटाउनु गम्भीर भूल थियो

एमाले र मा‌‌ओवादी मिलेपछि वामदेवको प्रतिक्रिया : नेकपा फुटाउनु गम्भीर भूल थियो

तस्बिर : नेपालखबर


नेपालखबर
फागुन २२, २०८० मंगलबार १४:४९, काठमाडौँ

 नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित नयाँ सत्ता गठबन्धनलाई समर्थन गरेका छन्। 

केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमाबर नेपालको राजनीति र सत्ताका लागि नयाँ गठबन्धन सुरु भएपछि तत्कालीन एमालेका उपाध्यक्ष गौतमले खुसी प्रकट गरेका हुन्। 

‘हाम्रो पार्टीले हिजो बिहानै यो गठबन्धलाई समर्थन गरिसकेको छ’, उनले भने, ‘हाम्रो समर्थन वा विरोधले राष्ट्रिय राजनीतिमा कुनै फरक पार्दैन। तथापि हमीले आफ्नो पंक्तिलाई स्पस्ट पार्न यो वक्तब्य जारी गर्नु परेको हो।’

उनले कम्युनिष्ट र कांग्रेसले उत्पादन पद्धतिमा दुई विपरीत तत्वको प्रतिनिधित्व गर्ने बताउँदै अहिलेको गठबन्धनले सही राजनीतिक दिशा समातेको पनि उल्लेख गरेका छन्।

एमाले र माओवादी मिलेपछि अब नेपाली कांग्रेसले पनि बीपी कोइरालाको राजनीतिक लाइनमा हिँड्ने विश्वास आफूले लिएको गौतमले बताएका छन्

‘अब सत्ता स्वाद लिन जे पनि गर्ने राजनीतिक भाँडभैलो अन्त्य हुन्छ होला’, उनले भने, ‘अब वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने छन्।’

गौतमले २०७७ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजन गर्नुलाई महाभूल भनेका छन्। ‘२०७७ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्नु महा भूल थियो भन्ने पुष्टि भएको छ’, उनले भनेका छन्, ‘हाम्रो सिधा लप्पन छप्पनबिनाको आशा र विश्वास यही नै हो। तर हाम्रो आशा बमोजिम भएन भने पनि पश्चाताप गर्नु पर्ने छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .