प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न सहज हुनको लागि गृह र अर्थ राख्नपर्ने प्रस्ताव गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव सहितका नेतासँग प्रचण्डले सो प्रस्ताव राखेका हुन्।
‘पछि जो प्रधानमन्त्री हुन्छ, त्यसबेला पनि गृह र अर्थ उनैले राख्दा काम गर्न सहज हुन्छ’ छलफलबारे एक नेताले नेपालखबरसँग भने, ‘यसलाई अडान र बटमलाइन नै बनाएको होइन व्यवहारिक पाटो सोचिएको हो’
अहिले सत्ता गठबन्धनको बैठक बस्दैछ। सम्भवतः एमाले अध्यक्ष ओली आइपुगेपछि छलफल सुरु हुनेछ।
4.3k
Shares
प्रतिक्रिया