सोमबारदेखि सत्ताबाट बाहिरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगबालर दिउँसो ३ बजेदेखि बूढानीलकण्ठमा बसिरहेको छ।
पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बसिरहेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
यो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति छ।
यस्तै बैठकमा सोमबारदेखि मन्त्री पद गुमाएका १० जना नेताहरू पनि सहभागी छन्।
कांग्रेसले सोमबारसम्मको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले एमालेसँग थालेको सहकार्यपछिको विकसित परिस्थितिबारे निर्णय लिने छ।
यसअघि नै कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बूढानीलकण्ठमै बसेको बैठकले प्रतिपक्षमा बसेर संगठन विस्तारमा होमिने निर्णय लिएको थियो।
117
Shares
प्रतिक्रिया