ad ad

राजनीति


सत्ता गठबन्धनमा आउन समाजवादी सकारात्मक, भोलि बैठक बसेर निर्णय दिने

सत्ता गठबन्धनमा आउन समाजवादी सकारात्मक, भोलि बैठक बसेर निर्णय दिने

नेपालखबर
फागुन २२, २०८० मंगलबार २१:५, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टी सोमबार बनेको नयाँ सत्ता गठबन्धन आउन सकारात्मक देखिएको छ।

मंगलबार अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा भएको दुई घण्टा लामो वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका हुन्।

बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई नयाँ सत्ता गठबन्धनमा ल्याउनेबारे सकारात्मक कुराकानी भएको बताए।

त्यस्तै एमाले महासचिव शंकर पोखरेलले पनि समाजवादी सत्ता गठबन्धनमा आउन सकारात्मक देखिएको बताए।

एकीकृत समाजवादी सत्ता गठबन्धनमा मिसिन सकारात्मक देखिएको छ। भोलि बैठक बसेर उहाहरूले निर्णय लिने जवाफ दिनुभएको छु, पोखरेलले बैठकपछि भने।

त्यस्तै एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन छाड्नुको कारणबारे ब्याख्या गर्दै नयाँ गठबन्धनमा आउन प्रस्ताव गरेको बताए। उनले प्रधानमन्त्रीबाट वाम शक्तिसहित अन्य लोकतान्त्रिक दलहरूलाई पनि सरकारमा समावेश गर्ने बताएको जानकारी दिए।

समाजवादी अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा भएको वार्तालाई ओलीले सकारात्मक भने पनि आफूहरू स्वास्थ्य अवस्था बुझ्न आएको जवाफ दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .