ad ad

राजनीति


प्रचण्ड र ओली घरमै पुगेर नेपाललाई भने : सँगै जाऔँ

प्रचण्ड र ओली घरमै पुगेर नेपाललाई भने : सँगै जाऔँ

नेपालखबर
फागुन २२, २०८० मंगलबार २१:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त रुपमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई नयाँ गठबन्धनाम सामेल हुन आग्रह गरेका छन्।

मंगलबार साँझ केही निकटस्थ नेताहरू लिएर घरमै पुगेका ओली प्रचण्डले सोमबार मात्रै बनेको नयाँ गठबन्धनका लागि सँगै अघि बढ्न आग्रह गरेका हुन।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका अनुसार खासगरी वाम दलहरू एकीकृत भएर जाने विषयमा अध्यक्ष ओली प्रचण्डले भनेका छन्।

‘छलफलको विषय हिजै भन्नुभएको थियो। अब हामी सँगै जाऔँ। खासगरी वामहरू एकीकृत भएर जाने विषयमा, मुलुकको समस्याको बारेमा जे कुरा भयो त्यसको चासो र चिन्तन हेर्दा मुलुकको बारेमा छ,’ भुसालले भने, ‘सबैको सेयरिङ सकारात्मक छ। कसरी अघि जाने भन्ने विषयमा भोलि छलफल हुन्छ।’

महासचिव भुसालका अनुसार भोलि बिहान बस्ने पार्टी बैठकबाट अन्य निर्णय हुनेछ।

‘हामीले भोलि ११ बजे नै मिटिङ डाकेका छौँ। यसलाई सामान्यतयाः सकारात्मक रुपमा लिएका छौँ। भोलि बैठकमा जानुअघि नै कतिपय विषयमा छलफल गर्न सक्छौँ। हामी अझै स्पष्ट भएर जान्छौँ। मुलुकले राम्रो निकास पाओस्,’ उनले भने।

भेटमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .