ad ad

राजनीति


माधव नेपाल भेट्न देउवा कोटेश्वरमा

माधव नेपाल भेट्न देउवा कोटेश्वरमा

नेपालखबर
फागुन २३, २०८० बुधबार १०:२१, काठमाडौँ

भर्खरै सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगेका छन्। 

नयाँ सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा एकीकृत समाजवादी दोधारमा रहेका बेला यसका अध्यक्ष नेपाल भेट्न देउवा कोटेश्वरस्थित नेपालकै निवासमा पुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार (फागुन २१ गते) मात्र कांग्रेससहितको गठबन्धन भत्काउँदै एमाले-रास्वपासहितको नयाँ गठबन्धन बनाएका छन्।  

हाल गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा गरी चार दल मात्र छन्। तर माधव नेपाललाई पनि यसमा सामेल गराउन प्रचण्ड र ओली यसअघि नै कोटेश्वर पुगेर छलफल गरिसकेका छन्। 

सोमबार नै प्रधानमन्त्री प्रचण्डले पुराना सबै मन्त्रीलाई बिदा गर्दै नयाँ ३ मन्त्री नियुक्ति गरी मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन्। जसमा एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बनेका छन्। तर उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ। 

यसैबीच एकीकृत समाजवादीले यसमा आफू पनि सहभागी हुने कि नहुने भन्ने विषयमा आजै निर्णय गर्ने बताइरहेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .