ad ad

राजनीति


नारायणकाजी गृहबाट परराष्ट्र पुगे, वर्षमान पुन अर्थमन्त्री बन्दै

नारायणकाजी गृहबाट परराष्ट्र पुगे, वर्षमान पुन अर्थमन्त्री बन्दै

नेपालखबर
फागुन २३, २०८० बुधबार १३:४९, काठमाडौँ

नेपाली कांग्रेससहितको तत्कालीन गठबन्धका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ फेरि मन्त्रीमा दोहोरिने पक्का भएको छ।

सोमबार बनेको नयाँ सत्ता गठबन्धनको सहमतिअनुसार नारायणकाजी गृहबाट परराष्ट्रमा सरुवा हुने निश्चित भएको छ।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहनाअनुसार अर्थमन्त्रालयको जिम्मेवारी माओवादी उपमहासचिव वर्षमान पुनले पाउने भएका छन्।

कांग्रेससहितको गठबन्धन टुट्नुमा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग प्रधानमन्त्रीको टसललाई पनि मानिएको बेला वर्षमानले देशको ढुकुटीको चावी सम्हाल्ने भएका हुन्। 

उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्रालयमा फर्किने भएका छन्। गत वर्ष नागरिकता विवादमा परेर उनले सांसद र मन्त्री सबै पद गुमाएका थिए। तर चितवन २ मा उपनिर्वाचनबाट उनी फेरि संसद् फर्किएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .