ad ad

राजनीति


सरकारमा सहभागी हुन एकीकृत समाजवादीका पाँच सर्त

सरकारमा सहभागी हुन एकीकृत समाजवादीका पाँच सर्त

नेपालखबर
फागुन २३, २०८० बुधबार १६:५४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले नयाँ बनेको सत्ता समीकरणमा सहभागी हुन पाँचवटा सर्त अघि सारेको छ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले विभिन्न पाँच सर्त अघि सार्दै त्यस विषयमा समझदारी भएको खण्डमा मात्रै सरकारमा सहभागी हुने बताएको छ।

जसका लागि अहिले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल बालुवाटार गएका छन्।

पार्टी प्रवक्ता जगनाथ खतिवडाका अनुसार प्रचण्ड र ओलीले गरेको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै विभिन्न पाँच विषयमा छलफल गरेर मात्रै निर्णय लिइने भएको हो।

‘प्रधानमन्त्रीले नयाँ समीकरणको आरम्भ गरेपछि हाम्रो पार्टीसँग नयाँ समीकरणमा सरकारको गठन र सञ्चालन तथा नीति कार्यक्रममा नेकपा एकीकृत समाजवादीको समान भूमिका रहने प्रस्ताव गरेको सन्दर्भमा छलफल भयो। उक्त प्रस्तावलाई सकारात्मक रुपले लिँदै प्रधानमन्त्रीसँग निम्न विषयमा छलफल गरेरपछि मात्रै निर्णय लिइने छ,’ उनले भने।

यस्ता छन् एकीकृत समाजवादीका पाँच सर्तः
१) देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि गर्ने
२) राष्ट्रहितको रक्षा र सम्वर्द्धन गर्नुपर्ने
३) भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्नुपर्न
४) महंगी नियन्त्रण र जनताका समस्या समाधान गर्नुपर्ने
५) सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्नुपर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .