नेपाली कांग्रेसको शीर्ष नेतृत्व र मधेसवादी दलका नेताहरूबीच अहिले सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा वार्ता भइरहेको छ।
सोमबार नेकपा एमालेको नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित नयाँ गठबन्धन बनेपछि सत्ताबाहिर पुगेको कांग्रेसले साना दलहरूलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेको छ।
अहिले बूढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइराला, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापालाई समेत साथमा राखेर मधेसवादी दलहरूसँग वार्ता गरिरहेका छन्। उक्त वार्तामा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि छन्।
उक्त वार्तामा लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी सहभागी छन्।
सभापति देउवाले बुधबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यध माधवकुमार नेपालसँग कोटेश्वर पुगेर वार्ता गरेका थिए। नयाँ गठबन्धनले पूर्णता नपाउँदै कांग्रेसले साना दललाई आफ्नो पक्षमा होल्ड गर्ने कोसिस गरिरहेको छ।
Shares
प्रतिक्रिया