अर्थतन्त्रमा अनेक चुनौती देखिएका बेला नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देशको ढुकुटी सम्हालेका छन्।
यसअघि पनि यही मन्त्रालयमा काम गरिसकेका उनले सिंहदरबारमा पदभार ग्रहणका क्रममा प्रधानमन्त्रीको विश्वासलाई तलमाथि हुन नदिने बताए।
पुनले अर्थतन्त्रमा समस्या रहेका बताउँदै अब आफूले जनतामा आशा जगाउने गरी काम गर्ने पनि बताएका छन्।
आफू पहिले पनि अर्थमा रहेर काम गरेको बताएका उनले त्यही अनुभवलाई यस पटक प्रयोग गरेर अघि बढ्ने बताए।
69
Shares
प्रतिक्रिया