नेकपा माओवादी केन्द्रबाट मन्त्री भइरहने नेतामा पर्छन् नारायणकाजी श्रेष्ठ। यस पटक पनि उनले त्यसलाई निरन्तरता दिएका छन्।
करिब एक वर्ष गृहमन्त्रालय सम्हालेका उनी सोमबार त्यहाँबाट परराष्ट्र मन्त्रालयमा सरुवा भए।
गृहमा आफूले राम्रो काम गरेको बताएका उनले अब आउने मन्त्रीले त्यसलाई निरन्तरता दिनुपर्ने बताए।
पदभार ग्रहण गर्दै उनले नेपालले कूटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताए। दुई छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्धलाई सुदृढ गर्दै उन्नत बनाउन प्राथमिकता साथ काम गर्ने उनको भनाइ थियो।
66
Shares
प्रतिक्रिया