ad ad

राजनीति


मन्त्री वरीयता : रघुवीरभन्दा नारायणकाजी पछि, रवि चौथो नम्बरमा

मन्त्री वरीयता : रघुवीरभन्दा नारायणकाजी पछि, रवि चौथो नम्बरमा

फाइल तस्बिर


नेपालखबर
फागुन २४, २०८० बिहिबार १०:३७, काठमाडौँ

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नव गठित मन्त्रिपरिषद्‍मा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष भन्दा एमालेका सचिव वरीयता क्रममा अघि देखिएका छन्। 

बुधबार गठित २० सदस्यीय मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री प्रचण्डपछिको दोस्रो वरीयतामा एमालेका सचिव रघुवीर महासेठ छन्। उनले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

रघुवीर भन्दा पछिको तेस्रो वरीयातामा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन्। उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। 

यसअघि कांग्रेससँगको गठबन्धनमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएका श्रेष्ठ त्यतिबेला पनि वरीयताक्रममा तेस्रो नम्बरमा थिए। श्रेष्ठअघि वरीयताक्रममा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का थिए। खड्का उपप्रधानमन्त्रीसहित रक्षामन्त्री थिए। 

नयाँ मन्त्रिपरिषद्‍मा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी पाएका रास्वपाका सभापति रवि लामिछाने वरीयतामा चौथो नम्बरका छन्। 

हेर्नुहोस् २० सदस्यीय मन्त्रिपरिषद्को वरीयता क्रम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .