ad ad

राजनीति


हिँड्दाहिँड्दै काँध गल्यो भने फेर्ने छुट सरकारलाई छैन : बर्तौला

हिँड्दाहिँड्दै काँध गल्यो भने फेर्ने छुट सरकारलाई छैन : बर्तौला

नेपालखबर
फागुन २४, २०८० बिहिबार १२:२४, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्ता समीकरण फेरिए पनि सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले हिँड्दाहिँड्दै काँध गलेको खण्डमा पनि फेर्ने छुट नभएको बताए।

‘हिँड्दाहिँडदै काँध गल्यो भने पनि फेर्ने छुट छैन। हिँड्दाहिँड्दै आफ्नै भारीले थिचिने अवस्थाको वातावरण बनाउने छुट यो सरकारलाई छैन,’ उनले भने।

वर्तमान सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बर्तौलाले बताए।

‘हाम्रा आसन परिवर्तन भएका छन्, भूमिका फेरिएका छन्। देशप्रतिको जवाफदेहिता फेरिएको छैन,’ उनले भने, ‘यो सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ। यो सरकालाई लुलो हुने छुुट छैन, कमजोर हुने छुट छैन, असफल हुने छुट छैन। समग्र देशको हितको पक्षमा काम गर्ने सामर्थ्य राख्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .