आफू बाचुन्जेल उथलपुथल भइरहने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिबारे संसद्मा पनि प्रश्न उठेको छ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले यस्तो प्रश्न उठाएकी हुन्।
‘प्रधानमन्त्रीज्यूले म बाँचुन्जेल उलथपुथल गराइरहन्छु भन्ने भाषा सपथ ग्रहण गर्नुअघि नै लिनुभएको छ। यसले फेरि स्पष्ट मूल्यांकन गर्नेछ कि आगामी व्यवहार कस्तो हुनेछ भन्ने। जनताले बुझिसकेका छन्,’ उनले भनिन्।
५५ लाख युवाले विदेशमा पसिना बगाइरहेको भन्दै त्यसतफर्फ ध्यान दिनुपर्ने उनले बताइन्। ‘सरकारको मूल्यांकन प्रधानमन्त्री हुँदा हुँदैन, देशका जनताको अवस्था कतिको उकासिएको छ भन्नेले हुन्छ,’ उनले भनिन्।
75
Shares
प्रतिक्रिया