प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको निजी सम्बन्धमा अहिले पनि उत्तिकै सद्भाव रहेको बताएका छन्।
‘११ महिनाको साथ र सहकार्यप्रति माननीय शेरबहादुर देउवा र साथीहरूप्रति आभारी छु। निजी सम्बन्धमा मेरो तर्फबाट उत्तिकै सद्भाव छ। राजनीतिमा व्यक्तिगत सम्बन्धमाथि राजनीतिक परिणाम निर्णायक हुँदा रहेछन्,’ उनले भने।
कांग्रेससँगको गठबन्धनमा हुँदा आफू अप्ठेरोमा नभएको भन्दै उनले प्रधानमन्त्री पद पनि असुरक्षित नभएको बताए।
‘व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रुपमा कुनै समस्या वा अप्ठेरोमा थिइनँ। न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो,’ उनले भने।
उनले टिकिरहनु मात्रैलाई स्थायित्व मान्न नसकिने बताए।
‘नेपाली कांग्रेसको नेतृत्व र मेरोबीच व्यक्तिगत अविश्वास थिएन। टिकिरहनु मात्रलाई स्थायित्व मान्ने हो भने समस्या त्यहाँ थिएन,’ उनले भने।
Shares
प्रतिक्रिया