प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफूले विश्वासको मत लिने बेलासम्म अहिलेको सरकार कतिको परिणाममुखी हुन्छ भन्ने प्रारम्भिक रुपमा प्रमाणित भइसक्ने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
‘यो कति परिणाममुखी हुन्छ, विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रुपमा प्रमाणित भइसक्नेछ भन्ने मेरो विश्वास छ,’ उनले भने।
उनले नेपाली कांग्रेसका मन्त्रीहरूले आफूलाई पुष्कपमल दाहालको रुपमा माया गरेको तर प्रधानमन्त्रीको रुपमा नगरेको गुनासो पनि गरे।
‘संकेतमा केवल यति भन्न चाहन्छु, व्यक्तिका रुपमा त मलाई माया गर्नुभयो, सुशासन, परिवर्तन र समृद्धिको प्रधानमन्त्रीको रुपमा जति न्याय गर्नुपर्थ्यो, गर्नुभएन,’ उनले भने।
243
Shares
प्रतिक्रिया