सत्ताबाट एकाएक प्रतिपक्षमा धकेलिनुपरेपछि नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत प्रमाणित गर्न चुनौती दिएको छ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको बैठकमा आफ्नो पार्टीको निर्णय र धारणा जानकारी गराउँदै संविधानको धारा १०० तर्फ ध्यानाकर्षण गराएका हुन्।
संविधानको धारा १०० उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नु पर्ने उल्लेख छ।
लेखकले कांग्रेसले सरकारलाई िदएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने निर्णय लिएको जानकारी पनि सदनलाई जानकारी गराएका थिए।
123
Shares
प्रतिक्रिया