प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीवित छँदासम्म उथलपुथल गर्छु भनेर भनेको कुराप्रति ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले उथलपुथल गर्छु भन्नेबारे इतिहासले देखाउने चुनौती पनि दिए।
‘तपाई मभन्दा बढ्ता देशलाई चाहिने नेता हो। जहाँसम्म उथलपुथलको कुरा गर्नुभएको छ नि, सबै मान्छेले सबै कुरा बुझिरहेका छन्। यो उथलपुथल कति दिन रहन्छ इतिहासले देखाउला,’ उनले भने।
लेखकले ब्यंग्यको शैली प्रस्तुत गर्दै आफ्नो उमेर पनि प्रचण्डलाई नै दिन तयार रहेको बताए।
‘प्रधानमन्त्रीले जीवित छँदासम्म उथलपुथल गर्छु भन्नुभएको छ। एक त उथलपुथ गर्छु भन्नुभएको छ। मेरो आग्रह के छ भने, हजुरको उमेर १ सय वर्ष होस्। बरु मेरो पनि उमेर तपाईंलाई लाग्छ भने मेरो घटोस् हजुरको नघटोस्,’ उनले भने।
Shares
प्रतिक्रिया