ad ad

राजनीति


प्रतिपक्षबाट सत्तापक्ष बनेपछि एमालेको पहिलो सचिवालय बैठक बस्दै

प्रतिपक्षबाट सत्तापक्ष बनेपछि एमालेको पहिलो सचिवालय बैठक बस्दै

नेपालखबर
फागुन २५, २०८० शुक्रबार ८:२२, काठमाडौँ

प्रतिपक्षबाट सत्तापक्ष बनेपछि नेकपा एमालेले आज (शुक्रबार) पहिलोपटक सचिवालय बैठक राख्दै छ। 

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा अहिले बिहान ९ बजे सुरु हुनेछ। 

बैठकमा नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागितालगायत समसामयिक विषयमा छलफल हुने एमाले नेताहरूले बताएका छन्।

यसअघि यही एमालेले यही फागुन ८, ९ र १० गते केन्द्रीय कमिटी बैठक राखेको थियो।

आजको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव समेटेर दस्तावेज बनाउने विषयमा पनि छलफल हुने बताइएको छ। 

यही फागुन २१ गते नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य तोड्दै नयाँ गठबन्धन बनाएपछि नेकपा एमाले प्रतिपक्षबाट एकाएक सत्तापक्ष बनेको हो। 

सुरुमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी मिलेर बनेको नयाँ गठबन्धनमा अहिले नेकपा एकीकृत समाजवादी पनि मिसिइसकेको छ। 

उनीहरूले आपसमा मन्त्रालय भागबन्डा गरी सरकारसमेत गठन गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .