ad ad

राजनीति


बेलायतमा मेयर रेनु दाहाललाई दिइयो ‘इन्टरनेसनल मेयर अवार्ड’

बेलायतमा मेयर रेनु दाहाललाई दिइयो ‘इन्टरनेसनल मेयर अवार्ड’

‘इन्टरनेसनल मेयर अवार्ड’ ग्रहणका क्रममा मेयर रेनु दाहाल।


नेपालखबर
फागुन २५, २०८० शुक्रबार ९:२५, काठमाडौँ

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘इन्टरनेसनल मेयर अवार्ड’ पाएकी छन्।

बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा आयोजित समारोहका बीच गएराति उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। 

सम्मान ग्रहणपछि मेयर दाहालले भनेकी छन्, ‘बेलायतको संसद् भवन हाउस अफ कमन्सस्थित लन्डनका मेयर सादिक खान, मरिससका पहिलो महिला राष्ट्रपति अमिना फकिमलगायतका उच्च नेतृत्व क्षमता प्रदर्शन गरेका व्यक्तित्वहरूका बीच सँगै सम्मान ग्रहण गर्दा गौरवान्वित महसुस भएको छ।’

मेयर रेनुसँगै लन्डनका मेयर खानलाई लोकल गभर्नमेन्ट अवार्ड र राष्ट्रपति फकिमलाई इन्टरनेसनल वम्यान अफ द इयर अवार्ड दिइएको थियो। 

सो अवसरमा पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डअन्तर्गत बेलायतलगायत विभिन्न देशका फरक–फरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई अवार्ड प्रदान गरिएको थियो।

उक्त अवार्ड बेलायतका उपप्रधानमन्त्री ‌ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायामन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्टपति अमिना गुरिब फकिम, बेलायत वेल्स राज्यकी सांसद नतासा अस्गरलाई दिइएको मेयर रेनुले जानकारी दिएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .