नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकले सो निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
वैशाख १० गते पार्टी स्थापना दिवसको दिन विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेले यसअघि नै गरेको थियो।
सोही सेरोफेरोमा वैशाख ८ र ९ गते महाधिवेशन परिषद्को बैठक आयोजना गर्ने र १० गतेको कार्यक्रमका लागि तयारी अघि बढाउने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिए।
साथै, उनले अहिलेको अवस्थामा जनताको निराशालाई आशामा बदल्ने गरी नयाँ सत्ता समीकरण बनेको टिप्पणी पनि गरे।
69
Shares
प्रतिक्रिया