ad ad

राजनीति


पार्टी बैठकमा ओलीको ब्रिफिङ : हाम्रै पहलमा नयाँ सरकार बनेको हो, अर्को समीकरण खोज्न हुँदैन

पार्टी बैठकमा ओलीको ब्रिफिङ : हाम्रै पहलमा नयाँ सरकार बनेको हो, अर्को समीकरण खोज्न हुँदैन

नेपालखबर
फागुन २५, २०८० शुक्रबार १२:४१, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २१ गते बनेको नयाँ सत्ता समीकरणबारे पार्टीमा ब्रिफिङ गरेका छन्। 

नयाँ समीकरण बनेपछि बसेको पहिलो केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष ओलीले एमालेकै पहलमा नयाँ समीकरण बनेकाले यसलाई जोगाउनुपर्ने बताएका हुन्। 

बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार ओलीले एमालेकै पहलकदमीमा यो गठबन्धन बनेकोले यसको विकल्पमा अन्य केही सोच्न नहुने बताएका थिए। 

‘हाम्रो पहलकदमीमा यो समीकरण बनेको छ। यसलाई हामीले नै सफल बनाउनुपर्छ,’ ओलीले बैठकमा भनेको भनाइ उदृत गर्दै ती नेताले भने, ‘आकस्मिक, गतिशिल तरिकाले गठबन्धन बन्यो यो अहिलेका लागि राम्रो नै भयो।’

त्यस्तै, उनले इमानदारीतापूर्वक अहिलेको समीकरणमा सहभागी भएर काम गर्न नेताहरूलाई निर्देशन समेत दिए। 

‘हाम्रै पहलमा बनेको समीकरणबाट केही नयाँ अनुभूति हुनेगरी काम गर्नुपर्नेछ,’ उनले पार्टी बैठकमा भने, ‘यसअघि सरकारमा हुनेले बिगारेका कामलाई पनि सुधारेर अघि बढ्नुपर्ने चुनौती हामीमाझ छ।’

त्यस्तै, ओलीले अर्को समीकरणको खोजीमा एमाले नहिँड्ने र हिँड्न पनि नहुने बैठकमा बताए। 

‘हामी गठबन्धनप्रति इमानदार हुनुपर्छ, हामीले नै बनाएको गठबन्धनको भएकाले यसको विकल्पमा अर्को समीकरण खोज्दै हिँड्नुहुन्न,’ उनले भने। 

एमाले बैठकले यो पाँच दलीय गठबन्धनमा सहभाभगी हुन अन्य दललाई पनि आग्रह गर्ने निर्णय गरेको छ। पार्टी महासचिव शंकर पोखरेलका अनुसार जनतामा रहेका निराशालाई चिर्नेगरी यो गठबन्धनले काम गर्ने र त्यसका लागि सबै दललाई सहभागी हुन आग्रह गर्ने निर्णय भएको छ। 

त्यस्तै, एमालेले आगामी वैशाख १० गते पार्टी स्थापना दिवसमा आयोजित विशेष कार्यक्रमलाई भव्य बनाउने जिम्मेवारी पार्टी नेताहरूलाई निर्देशन दिएका छन्। 

त्यसअघि वैशाख ८ र ९ गते पाटीको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .