नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई सजग भएर काम गर्न निर्देशन दिएका छन्।
आफ्ना मन्त्रीहरूलाई शुक्रबार बालकोटस्थित निवासमा बोलाएर ओलीले प्रशिक्षणसहित निर्देशन दिएका हुन्।
मन्त्रिपरिषदमा एमालेका तर्फबाट केही नयाँ अनुहार भएकाले बुझेर कार्यसम्पादन गर्न सुझाव दिएको एक नेताले बताए।
त्यसक्रममा अध्यक्ष ओलीले आफूले काम गर्दाका अनुभवसहित कार्यसम्पादनको तौरतरिकाबारे बताएका थिए।
मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानसहित आठ जना मन्त्रीहरू छन्।
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात, राजेन्द्रकुमार राई खानेपानी, पदम गिरी कानून, न्याय तथा संसदीय मामिला, बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेका छन्।
यस्तै, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, हरि उप्रेति रक्षा र ज्वालाकुमारी साह कृषिमन्त्री छन्।
अधिकारी पहिलोपटक मन्त्री बनेका हुन्।
Shares
प्रतिक्रिया