सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आइतबार बसेको माओवादी पदाधिकारी बैठकले दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।
दाहाल माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन्।
ओलीले बुझ्नुपर्ने प्रचण्ड
पदाधिकारी बैठकमा अध्यक्ष दाहालको भनाई उदृत गर्दै एक नेताले भने, ‘त्याग, बलिदान सबै कुराले उनलाई (नारायण दाहाललाई) अध्यक्ष बनाउन उपयुक्त हुन्छ’ भनेर अध्यक्षले प्रस्ताव गर्नुभयो। बैठकले उहाँको नाम अनुमोदन गरेको छ।’
राष्ट्रिय सभा अध्यक्षको २९ गते चुनाव हुँदैछ।
नयाँ गठबन्धनमा तलमाथि नभए दाहाल राष्ट्रिय सभा अध्यक्ष बन्ने निश्चित छ।
माओवादी, एमाले, एकीकृत समाजवादी र जसपासँग राष्ट्रिय सभामा ३९ सांसद छन्।
234
Shares
प्रतिक्रिया