ad ad

राजनीति


उपनिर्वाचनमा रास्वपाले आफ्नै उम्मेदवार उठाउने

उपनिर्वाचनमा रास्वपाले आफ्नै उम्मेदवार उठाउने

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८० सोमबार १६:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने भएको छ।

प्रतिनिधि सभा र स्थानीय तहमा उम्मेदवार उठाउने तर प्रदेशमा नउठाउने गरी केन्द्रीय समितिको बैठकले निर्णय गरेको हो।

प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा निर्वाचन हुँदै छ। त्यहाँ आफ्नै उम्मेदवार उठाउने निर्णय भए पनि उम्मेदवारको नाम भने तय गरिएको छैन।

इलाममा पार्टीको अवस्था र जनभावनाबारे बुझ्न पार्टीले ६ सदस्यीय टोली पठाएको थियो। उक्त टोलीले राम्रो उम्मेदवार पठाएमा नतिजा सकारात्मक हुन सक्ने निष्कर्ष बैठकमा सुनाएको थियो। राम्रो उम्मेदवार पठाउनुपर्ने मतदाताको भनाइ रहेको भनी टोलीले रिपोर्टिङ गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए। 

रास्वपाले पालिका र वडा तहमा पनि उम्मेदवार उठाउने भएको छ। यो उपनिर्वाचन नै स्थानीय तहमा उसको पहिलो सहभागिता हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .