ad ad

राजनीति


सरकारले उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : महत

सरकारले उपलब्धि हासिल नगर्नुमा कांग्रेस जिम्मेवार रहेको प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : महत

नेपालखबर
फागुन २९, २०८० मंगलबार १४:५७, काठमाडौँ

सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको कांग्रेसले बताएको छ।

नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहालको सो भनाई आफ्नो पार्टीलाई दोषारोपण गर्ने गरी आएको भन्दै आपत्ति समेत जनाए।

उनले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन आफूहरूले तयार पारेको मार्गचित्रले मुलुकको अर्थतन्त्रलाई झनै गति दिने खालको रहेको पनि दाबी गरे।

उनले भने, ‘नेपाली कांग्रेसको कारणले औसत भन्दा ज्यादा उपलब्धि भएन भनेर दोषारोपण गर्नु यो भन्दा गलत कुरा, झुटो कुरा, भ्रम छर्ने कुरा हुनै सक्दैन। म यो कुरा ठोकुवाका साथ भन्छु। हामो उपस्थितिले अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन आएको हो।’

प्रवक्ता महतले आफ्नो पार्टीले अघि बढाएको मुलुकको अर्थतन्त्रको मार्गचित्र वर्तमान सरकारले छोडे मुलुकको अर्थतन्त्र फेरि अप्ठ्यारोमा पर्ने निश्चित रहेको जिकिर पनि गरे।

उनले भने, ‘हामीले जुन अर्थतन्त्रलाई अघि बढाउने मार्ग चित्र तयार गरेका छौं । र आउने बजेटमा अझ यसलाई परिरिस्कृत बनाएर जाने सुधारको प्रयास छ। र त्यसलाई अझ गति दिने हाम्रो कार्ययोजना थियो। यदि त्यो बाटो छोडेर फेरि यो गैर प्राथमिकताको क्षेत्रमा जथाभावी हाम्रो स्रोत र साधनलाई खर्च गर्ने हो भने फेरि हामी अफ्ठयारोमा पर्ने निश्चित छ।’

प्रवक्ता महतले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँगको गठबन्धन भत्काएर जनताले निर्वाचनमा दिएको आदेशलाई समेत लत्याएको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .