ad ad

राजनीति


उर्मिला अर्यालले भनिन् : राष्ट्रिय सभाको उपाध्यक्ष छोड्छु, भोलि नै राजीनामा दिन्छु

उर्मिला अर्यालले भनिन् : राष्ट्रिय सभाको उपाध्यक्ष छोड्छु, भोलि नै राजीनामा दिन्छु

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०८० मंगलबार १७:८, काठमाडौँ

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले भोलि (बुधबार) नै पदबाट राजीनामा दिने बताएकी छन्। 

फागुन २१ गते नयाँ गठबन्धन बनेसँगै विकसित राजनीतिक घटनाक्रमबीच अर्यालले राष्ट्रिय सभाको उपाध्यक्ष पद त्याग्ने घोषणा गरेकी हुन्।

मंगलबार मात्रै नयाँ सत्ता गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल राष्ट्रिय सभाको अध्यक्ष बनिसकेका छन्।

यसअघि अर्याललाई राष्ट्रिय सभाको अध्यक्षकी दाबेदार थिइन्। तर माओवादी केन्द्रले दाहाललाई राष्ट्रिय सभाको नेतृत्व सुम्पिएको छ।

मंगलबार नै बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनले राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा एकीकृत समाजवादीलाई दिने सहमति गरिसकेको छ। यसअघि २१ फागुनमा उक्त पद एमालेले लिने सहमति थियो।

‘मैले भोलि राजीनामा दिने तयारी गरेकी छु, म राष्ट्रिय सभाको उपाध्यक्ष पद त्याग्दैछु’, उनले मंगलबार अपरान्ह नेपालखबरसँग भनिन्, ‘नयाँ राजनीतिक घटनाक्रम र गठबन्धनमा पनि उपाध्यक्ष पद अर्को दललाई दिने सहमति भइसकेको अवस्थामा पद छाड्ने निर्णयमा पुगेँ।’

उनी २३ माघ २०७९ मा राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्। 

त्यसबेला अहिलेकै गठबन्धनबाट उनी राष्ट्रिय सभाकी उपाध्यक्ष बनेकी थिइन्। नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि अर्याल निर्विरोध राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित भएकी थिइन्

त्यसबेला माओवादी संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले अर्याललाई उपाध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। त्यसमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र अर्का सांसद खिमलाल देवकोटाले समर्थन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .