प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केही मन्त्रीलाई स्वार्थ बाझिएका मन्त्रालयको जिम्मा लगाएको भन्दै संसदमा प्रश्न उठाएको छ।
कांग्रेस सांसद सुशीला थिङले प्रतिनिधि सभाको बैठकको सुरूमै बोल्नका लागि समय लिएर विवादास्पद मन्त्रीका कुरा उठिरहेकोतर्फ सदनको ध्यानाकर्षण गराएकी हुन्।
सरकारको तर्फबाट विवादास्पद मन्त्रीलाई कारबाही गरेको भन्ने अर्थमा व्याख्या गरिएको तर अझै विवादास्पद मन्त्रीलाई मन्त्री बनाएको उनको आरोप थियो।
प्रधानमन्त्रीले उथलपुथल भइरहन्छ भनेर यसअघि गरेको टिप्पणीतर्फ कटाक्ष गर्दै सांसद थिङले सदनमा भनिन्, सहकारी ठगीमा जोडिएकालाई ल्याएर साँच्चै उहाँले उथलपुथल गर्नुभएछ। कानुन नै उथलपुथल हुने गरी गृहमन्त्री बनाउनुभएछ। आफ्नै मुद्दामा आफै न्यायाधीश हुने गरी प्राकृतिक न्यायको सिद्धान्तविपरीत उहाँलाई कसरी मन्त्री बनाएर ल्याइयो?
उपराष्ट्रपति छोरा र गृहमन्त्रीबारे जानकारी नगराई अबको सदन सहज चल्न नदिने चेतावनी पनि उनले दिइन्।
Shares
प्रतिक्रिया